काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । बुधबार बजार ५.५८ अंकले घटेर २०७९ को विन्दुमा कायम हुन पुगेको छ।

बुधबार ३०६ कम्पनीको ८० लाख ४२ हजार ७६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ ।

४ उपसूचकमा हरियाली देखिएको छ । बुधबार फाइनान्स समूहको ०.०९ प्रतिशत, माइक्रोफाइनान्सको १.३१ प्रतिशत र म्युचुअल फण्ड समूहको ४.९२ प्रतिशतले शेयर मूल्य बढेको हो ।

बुधबार एनआरएन इन्फाइन्ट्रचरको १९ करोड रुपैयाँ, सिइडिबि हाइड्रोपारको १८ करोड रुपैयाँको कारोबार भएको छ ।आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ उक्त कम्पनीको १९ करोड ३ लाख ७९ हजार रुपैया बराबरको कारोबार भएको छ।

त्यस्तैगरी कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिइडिबी हाइड्रोपावरको १८ करोड ४३ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।