काठमाडौँ । वर्षा सुरु भएसँगै जुन महिनामा नेपालमा ७६ हजार ७३६ पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत मे महिनाको तुलनामा १३ हजार ४७५ ले कम हो । गत मे महिनामा नेपालमा ९० हजार २११ पर्यटक आएका थिए ।
जुन महिनामा नेपाल भित्रिएका पर्यटकको संख्या यो वर्षकै सबैभन्दा कम हो । गत मार्च महिनामा यो वर्षकै सबैभन्दा धेरै पर्यटक नेपाल आएका थिए । मार्चमा १ लाख २८ हजार १६७ पर्यटक नेपाल आएको तथ्यांक छ ।
भारतबाट जुन महिनामा सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । यो महिना ३७ हजार ८३५ पर्यटक नेपाल भित्रिएका छन् । यसघि मे महिनामा भारतबाट ३८ हजार २८८ पर्यटक नेपाल आएका थिए ।
यसैगरी चीनबाट ७ हजार ४९४ पर्यटक नेपाल भ्रमणमा आएका छन् । मे महिनामा ८ हजार ३८१ चिनियाँ पर्यटक नेपाल आएका थिए । जुन महिनामा अमेरिकाबाट ८ हजार २८१ पर्यटक नेपाल आएका छन् । मे महिनामा भने अमेरिकाबाट ८ हजार ५ सय २७ नेपाल आएका थिए ।
मे महिनामा बेलायतबाट १ हजार ९६९, बंगलादेशबाट ३ हजार ८ सय ५७ पर्यटक नेपाल आएका छन् । यो वर्षको जनवरी महिनामा ७९ हजार १ सय,फेब्रुअरीमा ९७ हजार ४२६,मार्च महिनामा १ लाख २८ हजार १६७ र अप्रिल महिनामा १ लाख ११ हजार ३७६ जना पर्यटक नेपाल आएका थिए ।







