काठमाडौं । पछिल्लो समय नेपाल आउने पर्यटकको संख्यामा बृद्धि भएको छ । यस वर्षको पुस महिनासम्म झण्डै ५ लाख ८० हजार पर्यटक नेपाल आएका छन् ।

पर्यटन बोर्डको तथ्यांक अनुसार गत वर्षको भन्दा यस आर्थिक वर्ष पर्यटकको संख्यामा बृद्धि भएको छ । चालु आर्थिक वर्षको पुस महिनासम्म ५ लाख ७९ हजार ९४३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

गत वर्षको सोही अवधिमा ५ लाख ५९ हजार ७६९ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यस्तो तथ्याङ्क गत माघ २७ गते राष्ट्रिय सभामा प्रस्तुत भएको छ । नेपाल आउने पर्यटकको संख्यामा सबैभन्दा बढी छिमेकी देश भारतबाट रहेको तथ्यांकमा उल्लेख छ ।