काठमाडौं । यस वर्षको सेप्टेम्बर महिनामा ७८ हजार ७११ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

गत वर्षको तुलनामा यो १८.३ प्रतिशतले कमी हो। २०२४ को सेप्टेम्बरमा ९६ हजार ३०२ विदेशी पर्यटक भित्रिएका थिए।

पर्यटन बोर्डले संकलन गरेको तथ्यांक अनुसार पछिल्ला ८ महिनामा पर्यटक बढे पनि सेप्टेम्बरमा घटेका हुन्। नेपालमा जेनजी आन्दोलन लगायतका कारणले पर्यटक घटेको देखिन्छ।

सेप्टेम्बरमा भारतबाट १५ हजार ५५६, अमेरिकाबाट ९ हजार ६७९, अष्ट्रेलियाबाट ६ हजार ८२४, चीनबाट ५ हजार २३७ र बेलायतबाट ४ हजार ९८१ पर्यटक भित्रिएका छन्। जनवरीदेखि सेप्टेम्बरसम्म ८ लाख १५ हजार २७३ पर्यटक नेपाल भित्रिए का छन्।