काठमाडौँ। साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । लामो समयसम्म निरन्तर उकालो लागेको बजारमा आज ब्रेक लागेको हो ।

उक्त दिन बजार ३४.४७ अंकले घटेर २९६६.३३ को विन्दुमा कायम भएको छ । उक्त दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८२ करोड १४ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

त्यस्तै अपी पावर कम्पनीको ७८ करोड ७६ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री सहित कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको छ । उक्त दिन कुमारी बैंकको ६५ करोड ९३ लाख ८९ हजार रुपैयाँ, एचआइडिसीएलको ५२ करोड ९३ लाख ९६ हजार रुपैयाँ कारोबार भएको छ।